नेकपा (एकीकृत समाजवादी) केपिलासगढीस्तरीय दुई संगठन निर्माण



खोटाङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले पालिकास्तरीय कमिटी गठन गरेको छ । उसले केपिलासगढी गाउँपालिकास्तरीय युवा संघ र पिपुल भोलेन्टियर्स कमिटी गठन गरेको हो ।

अभिषेक राईको संयोजकत्वमा ६३ सदस्यीय युवा संघ नेपाल र इन्जु राईको संयोजकत्वमा ४५ सदस्यीय पिपुल भोलेन्टियर्स गठन गरिएको छ । सोमबार गठित दुवै कमिटीका पदाधिकारीलाई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) खोटाङ सचिव जलसेर राईले पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।

पार्टी जिल्ला सचिव राईले खोटाङका सबै स्थानीय तहमा पार्टी कमिटी तथा भ्रातृ संगठन गठन गर्दै पार्टीका गतिविधि तीव्र बनाइने जानकारी गराए ।

एकीकृत समाजवादी खोटाङ सचिवालय सदस्य एवं युवा तथा खेलकुद विभाग प्रमुख माइतीराज राई, युवा संघ जिल्ला अध्यक्ष पवन श्रेष्ठलगायतको उपस्थितिमा गठित कमिटीका पदाधिकारीले बाक्सिला बजार दुई घन्टा सफाइ गरेका थिए । महिनामा दुई दिन दुई घण्टा ‘मेरो राष्ट्रका लागि’ अभियान सञ्चालन गर्ने संगठनको केन्द्रीय नीतिअनुसार जिल्लाका सबै स्थानीय तहमा सञ्चालन गरिने युवा तथा खेलकुद विभाग प्रमुख राईले बताए ।

प्रतिक्रिया दिनुहोस्