थाँक्रो ठूलो हुने धनी


गाउँघरमा अन्न भण्डारण गर्न परम्परागत तरिका छँदै छ । मकै पाकेपछि सुरक्षित भण्डारण गर्नुपर्छ । कृषि प्राविधिकले अन्न सुरक्षित राख्न आधुनिक प्रविधि प्रयोगमा जोड दिए पनि गाउँघरमा परम्परागत तरिकामै किसान अभ्यस्त देखिन्छन् । उनीहरूले मकै सुरक्षित भण्डारण थाँक्रोमा राख्ने गर्छन् ।

थाँक्रोमा मकै राख्ने परम्परागत त्यत्तिकै सुरक्षित मानिन्छ । यसरी मकै भण्डारण गर्दा कीरा लाग्दैन । मकैका दानामा कुनै किसिमका खराबी आउँदैन । आफूलाई चाहिएका बेला आवश्यकताअनुसार झिक्दै प्रयोग गर्न अप्ठ्यारो हुँदैन ।

प्रतिक्रिया दिनुहोस्