एम्बुलेन्स चाहिएमा १०२ मा सम्पर्क गर्न सकिने


काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरको प्रबन्ध गरेको छ ।

केन्द्रको टोल फ्री नम्बर ११४० रहेको छ भने एम्बुलेन्सका लागि १०२, शव व्यवस्थापनका लागि ११४० र शव व्यवस्थापनका लागि खटिएको टोलीबारे जानकारीका लागि १०५ मा सम्पर्क गर्न सकिनेछ ।

शव व्यवस्थापनका लागि मृतक प्रमाणपत्र, कोभिड–१९ को पोजेटिभ रिपोर्टसहितका कागजात छाउनीमा रहेको केन्द्रमा इमेल गर्न सकिनेछ ।

अस्पतालमा मृत्यु हुनेको हकमा सम्बन्धित अस्पतालले सीसीएमसीलाई शव व्यवस्थापनका लागि अनुरोधपत्र वा होम आइसोलेसनमा मृत्यु हुनेका हकमा स्थानीय पालिकाको पत्र आवश्यक पर्ने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्