पूर्वमन्त्री पहाडीको कोरोना संक्रमणबाट निधन


नेपालगन्ज । कोरोना संक्रमित भई भेरी अस्पताल नेपालगज्जमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधन भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडीको उपचारकै क्रममा बिहीबार बिहान १ः४० बजे निधन भएको हो ।

उच्च रक्तचाप र मधुमेहपीडित उनलाई कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा रहँदा अक्सिजनको मात्रा कम भएपछि बुधबार बिहान भेरी अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो स्वास्थ्यमा सुधार भए पनि मध्यरातमा अवस्था बिग्रँदै गएर निधन भएको अस्पताल प्रमुख डा. प्रकाश थापाले जानकारी दिए ।

डोल्पाका पुराना राजनीतिज्ञ पहाडी संवतर २०५३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिले कानुन राज्यमन्त्री, पछि वन तथा भूसंंरक्षण र आपूर्तिमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्