कोरोना सङ्क्रमणपछि पूर्वप्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना



काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएपछि नर्भिक अस्पताल भर्ना भएका छन् । पीसीआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएपछि एमाले वरिष्ठ नेता खनाल अस्पताल भर्ना भएको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

संक्रमण भएपछि उनलाई मनमोहन मेमोरियल अस्पताल भर्ना गरिएको थियो । संक्रमणको दोस्रो लहर आएपछि धेरैलाई सङ्क्रमण हुन थालेको छ ।

यसैगरी, सरकारकै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्