मुख्यमन्त्री राईसमक्ष होलेसुङ समूहको मागपत्र



दुर्छिम (खोटाङ) । हलेसीका ऐतिहासिक शासक होलेसुङ र हलेसीगढीलाई पर्यटन र समृद्धिसँग जोड्न अनुरोध गर्दै होलेसुङ समूहका भूपेन्द्रकुमार राईले मुख्यमन्त्री शेरधन राईसमक्ष मागपत्र पेस गरेका छन् ।

‘हलेसीका जनतासँग मुख्यमन्त्री कार्यक्रम’मा मुख्यमन्त्री राईसमक्ष होलेसुङ समूहका राईले यस्तो मागपत्र पेस गरेका हुन् ।

मागपत्रमा होलेसुङ पार्क र जनताद्वारा निर्मित होलेसुङ–जनकराज राई मार्ग (तराईदेखि सगरमाथासम्म जोड्ने मार्ग) संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनका लागि अनुरोध गरिएको छ ।

समूह सम्बद्ध राईले एमाले संसदीय दलका प्रमुख सचेतक तथा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, सामाजिक विकासमन्त्री उषाकला राईलाई समेत ध्यानाकर्षण गराउँदै मागपत्र पेस गरिएको छ ।

मुख्यमन्त्री राई, एमाले संसदीय दलका प्रमुख सचेतक तथा प्रतिनिधिसभा सदस्य भट्टराई र सामाजिक विकासमन्त्री राईले मागपत्र पूरा गर्न आ–आफ्नो ठाउँबाट सकारात्मक र अर्थपूर्ण खेल्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्