१७ दिनको भेटी ८ लाख ७४ हजार १६५



हलेसी (खोटाङ) । हलेसी आइपुगेका दर्शनार्थीले १७ दिनमा चढाएको भेटी गणना गर्दा ८ लाख ७४ हजार १६५ संकलन भएको छ ।

संवत् २०७७ फागुन १४ देखि चैत २ गतेसम्मको भेटी गणना गर्दा ८ लाख ७४ हजार १६५ संकलन भएको हलेसी सूचना केन्द्र प्रमुख सयन्द्र राईले जानकारी गराए ।

हलेसी सूचना केन्द्र प्रमुख राईका अनुसार शिव–पार्वतीथानको भेटी गणना गर्दा ७ लाख २१ हजार ४०० भएको हो ।

यसैगरी, हलेसी गुफाको प्राङ्गणमा रहेको दान पेटिकामा ९३ हजार ७७५ भेटी संकलन भएको थियो । गणेश मन्दिर र बसाहा गुफाको दानपेटिकाबाट क्रमशः ३१ हजार २५० र २७ हजार ७४० संकलन गरी हलेसी सूचना केन्द्रले १७ दिनको भेटी गणना गरी सूचना टाँसेर सबैमा जानकारी गराएको हो ।

हलेसी आइपुगेका दर्शनार्थीले यस अवधिमा ३ हजार ३४० भारतीय रुपैयाँ चढाएका थिए ।

बिजुली, पानी, अतिथि सत्कार, भेटी गणना गर्दा खाना, खाजा र शिवरात्रि बजारमा १ लाख ३३ हजार ५५ रुपैयाँ खर्च भएको थियो ।
दर्शनार्थीले यसपटक १६०.१८० ग्राम चाँदी र सुन १.६०० ग्राम चाँदी चढाएका थिए ।

गणना गरिएको भेटी खर्च कटाएर श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको नाममा माछापुच्छ्रे बैंक हलेसी शाखामा जम्मा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्