जाडो/गर्मी जानकारी गराउने घडी



दुर्छिम (खोटाङ) । संवत् २०७३ तिरको कुरा हो । हिउँदको समय । कर्णालीमा जाडो असाध्यै बढेको थयो । अत्यधिक जाडोले नवजात शिशु तथा वृद्धवृद्धाको कठ्याङ्ग्रिएर ज्यान गयो । यस्तो दुःखद समाचार सालिन्दा प्रकाशन तथा प्रसारण हुन्छन् ।

तराई–मधेसमा शीतलहरले दुःख दिन्छ ।

सहर–बजारमै नवजात शिशुलाई स्याहार–सुसार गर्न नजान्दा, उसलाई जाडो भइरहेको छ कि गर्मी भनेर थाहा नपाउँदा अकालमा ज्यान जाने गरेको छ । त्यस्तो नहोस् भनेर बेम्पु कम्पनीले शिशुको नाडीमा बाँध्न मिल्ने घडी निर्माण गरेको छ ।

यो घडी बाँध्नेले शिशुलाई न्यानो भइरहेको छ कि जाडो भनेर छिनछिनमा जानकारी दिन्छ । उसलाई जाडो भइरहेको छ भने घडी सुन्तलाझैं पहेंलो हुन्छ । त्यतिबेला अलार्म घन्टी बज्छ । त्यसपछि सम्बन्धित अभिभावकले बच्चालाई न्यानो बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्