प्रेस संगठन खोटाङ सहसंयोकमा तुवाचुङ साप्ताहिक प्रबन्ध सम्पादक असल चरित्र


दुर्छिम (खोटाङ) । प्रेस संगठन खोटाङ सहसंयोकमा तुवाचुङ साप्ताहिकका प्रबन्ध सम्पादक असल चरित्र चयन भएका छन् ।

प्रेस संगठन नेपाल १ नम्बर प्रदेशस्तरीय भेलाले तुवाचुङ साप्ताहिकका प्रबन्ध सम्पादक असल चरित्रलाई सहसंयोजक चयन गरेको हो । उनी यसअघि प्रेस संगठन नेपाल जिल्ला सदस्यको भूमिमा थिए ।

तुवाचुङ साप्ताहिक संस्थापक सहसम्पादक उनले प्रबन्ध सम्पादकको भूमिका निर्वाह गर्दै आएका छन् । एक पत्रकारले गर्नुपर्ने सम्पूर्ण भूमिका निर्वाह गर्दै आएका उनी साहित्यका विभिन्न विधामा कलम चलाउँछन् ।

पत्रकारिता र साहित्य लेखनमा उत्तिकै सक्रिय उनले पत्रकारितामार्फत संगठित हुन पाउँदा सांगठनिक पद्धति जान्न–बुझ्न सघाउ पुग्ने बताए । उनले भने, ‘एक पत्रकारले संगठन जान्न–बुझ्न अपरिहार्य छ । संगठन नबुझेको पत्रकारको जीवन अधुरो हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्