‘जेकब्सन्स ओर्गन’को सहायताले सिकार पत्ता लगाउने सर्प



सर्पले सुन्न सक्दैन । उसले आफ्नो शरीरले जमिनको कम्पन मापन गरेर आफूवरिपरिको स्थिति जानकारी लिन्छ । त्योभन्दा भरपर्दो औजार हो– उसको जिब्रो ।

सानो छँदा हामीमध्ये धेरैको धारणा के हुन्थ्यो भने बीचमा काटिएको सर्पको अनौठो जिब्रोले मानिसलाई टोक्छ । यो धारणा बिल्कुल गलत हो । सर्पको काटिएको जिब्रो हाम्रा लागि हानिकारक हुन्न । उण्सले आफ्नो अनौठो जिब्रो परिस्थति आँकलन गर्न प्रयोग गर्छ ।

सर्पको तालुमा दुई स–साना अंग हुन्छन् । ती अंगलाई अंग्रेजीमा ‘जेकब्सन्स ओर्गन’ भनिन्छ । सर्पले आफूवरिपरिको वस्तुस्थिति जानकारी लिन जिब्रो तीव्र गतिमा भित्र–बाहिर गरिरहेको हुन्छ । प्रत्येकपटक सर्पले जिब्रो बाहिर निकाल्दा हावामा रहेका रासायनिक कण गिलो जिब्रोमा टाँसिन्छन् । जिब्रो मुखभित्र छिराउँदा टाँसिएका कणलाई सर्पले ‘जेकब्सन्स ओर्गन’मा राख्छ । ‘जेकब्सन्स ओर्गन’ले ती कणको पहिचान गरी सिकार नजिक छ वा छैन ? कति टाढा छ ? हावाको तापक्रम कति छ भन्ने निक्र्यौल गर्छ ।

जेकब्सन ओर्गनले जिब्रोका दुवै चुच्चोमा सिकारको गन्धका कण प्राप्त नगर्दासम्म सर्पले सिकारको पिछा गरिरहन्छ । जब जिब्रोको एकमात्र चुच्चोमा सिकारको गन्ध पाउँछ, तब सोही दिशातिर सर्प हानिन्छ । दुवै चुच्चोबाट सिकारको गन्ध हराउँछ तब सर्पले आफ्नो टाउको यताउता हल्लाएर फेरि गन्धका कण खोजी गर्छ ।

प्रतिक्रिया दिनुहोस्