मेयर राईको त्यो रेडियो



हलेसी (खोटाङ) । संवत् २०३८ सालतिर तात्कालिक मंगलटार गाउँ विकास समितिका लप्टन गोकुल राईले शान्ति सेनाबाट फर्कंदा नेसनल पानासोनिक पानासोनिक थ्री ब्यानड रेडियो क्यासेट रेकर्डर पाँच सय त्रिचालिस मोडेलको क्यासेट प्लेयर ९५ डलरमा खरिद गरेर ल्याएका थिए ।

त्यतिबेला डलरको भाउ २१ रुपैयाँमात्र थियो । लप्टन राईको बुवाले तत्कालीन सल्ले गाविसनिवासी डोरनाथ पौडेलको पैसा चलाएका थिए । भाकामा पैसा फिर्ता गर्न नसकेपछि जग्गा कब्जा गर्न खोजेपछि मंगलटारनिवासी दुर्गबहादुर राईले मोहिनी हक लाग्ने भएकाले निजले सो जग्गा हक मोहीको अधिकार प्रयोग गरी पौडेलको ऋण तिरिदिएर जग्गा किनेका रहेछन् ।

पछि लप्टन राईले गाउँ फर्केपछि उक्त कुरा थाहा पाए । हाम्रो जग्गा फिर्ता गरिदिनुस् म तपाईंलाई यो क्यासेट प्लेयर दिन्छु । तिरिदिनुभएको ऋण पनि फिर्ता गरिदिन्छु भने । राईले २०४७ सालतिर स्थानीय धौलतबहादुर नेपाली रेडियो बेचेछन् । नेपालीले एक्लो छोरालाई विवाह गराइदिन खोज्दा उक्त क्यासेट किनिदिएमा विवाह गर्न राजी भए । सो क्यासेट किनिदिएपछि छोराको बिहे भयो ।

दुर्गबहादुर राईले रेडियो कतिमा बेचे एकिन थाहा नभएको हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईले बताए । ‘बुझ्दै जाँदा सोही क्यासेट नेपालीको घरमा भएको पत्तो लाग्यो,’ नगरप्रमुख राईले भने, ‘धौलतबहादुर नेपालीलाई ०६० तिर ६ हजार रुपैयाँ दिएर क्यासेट प्लेयर किनें । आफ्नो बाउले चलाएको सम्पत्ति, चिनोका रूपमा राख्ने आफूले संरक्षण गर्नुपर्छ भन्ने लाग्यो ।’

क्यासेट बिजुली र ब्याट्रबाट बजाउन सकिन्छ । ०३८ तिर लाइन नभए पनि लेबनाममा चाहिँ बिजुलीबाट बजाउन सकिन्थ्यो । त्यतिबेला एफएम रेडियो नभएकाले रेडियो नेपालमात्र भएकाले उक्त क्यासेटमा रेडियो र क्यासेटमात्र बज्ने गथ्र्यो ।

प्रतिक्रिया दिनुहोस्