१३ दिनको भेटी २ लाख २२ हजार ३५५



हलेसी (खोटाङ) । हलेसीमा दर्शनार्थीले १३ दिनमा चढाएको भेटी गणना गर्दा २ लाख २२ हजार ३५५ संकलन भएको छ ।

संवत् २०७७ माघ ८ देखि २१ गतेसम्मको भेटी गणना गर्दा २ लाख २२ हजार ३५५ संकलन भएको हलेसी सूचना केन्द्र प्रमुख सयन्द्र राईले जानकारी गराए ।

हलेसी सूचना केन्द्र प्रमुख राईका अनुसार शिव–पार्वतीथानको भेटी गणना गर्दा २ लाख २२ हजार ३५५ भएको हो ।

यसैगरी, गत मंसिर १६ देखि माघ २१ गतेसम्म हलेसीमा रुद्री पढाउँदा, लाखबत्ती बाल्दा र अन्य सहयोगबापत ६५ हजार ३०० भेटी संकलन भएको हलेसी सूचना केन्द्रले १३ दिनको भेटी गणना गरी सूचना टाँसेर सबैमा जानकारी गराएको छ ।

दर्शनार्थीले हलेसीमा १०० भारतीय रुपैयाँ र १.२० ग्राम चाँदी चढाएका थिए ।

गणना गरिएको भेटी श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको नाममा माछापुच्छ«े बैंक हलेसी शाखामा जम्मा गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्