‘खेलकुदमा जोडे कुलतबाट जोगिने’


बाम्राङ (खोटाङ)  ।  दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ वडाध्यक्ष ललितकुमार राईले खेलकुदमा जोड्न सके युवा पुस्तालाई कुलतबाट जोगाउन सकिने विश्वास व्यक्त गरेका छन् ।

संस्थागत विकासका लागि सहयोग पुर्याउने उद्देश्यसहित नेपाल सितोरियो कराते संघ खोटाङलाई ल्यापटप र प्रिन्टर उपलब्ध गराउँदै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ वडाध्यक्ष राईले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङले एक÷एकथान ल्यापटप र प्रिन्टर संघलाई उपलब्ध गराएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ वडाध्यक्ष ललितकुमार राईले नेपाल सितोरियो कराते संघ खोटाङ अध्यक्ष सञ्जय राईलाई ल्यापटप र प्रिन्टर हस्तान्तरण गरेका थिए ।

ल्यापटप र प्रिन्टर पाएपछि नेपाल सितोरियो कराते संघ अध्यक्ष राईले वडाध्यक्ष र वडा कार्यालयप्रति खुसी व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्