कम्प्युटरको काम गर्ने घडी



दुर्छिम (खोटाङ) । घडी आविष्कार नहुँदा मानिसले घामको छायाँका आधारमा समय थाहा पाउँथे । हिजोआज पनि कतिपय ठाउँमा घाम हेरेर समय खुट्ट्याइन्छ ।

मानिस वा रूखपातमा छायाँ परेपछि घामका किरण लामो र सिधा हुन्छ । त्यतिबेला भन्ने गरिन्थ्यो, ‘मध्य दिन भएछ ।’ घाम पश्चिमतिर लागेपछि दिन ढल्किँदै जान्थ्यो । त्यसबेला हलो जोत्नेहरू गोरुको काँधमा राखिने जुवासँग तुलना गर्दै भन्थे, ‘ल घाम एक जुवाजति मात्र डुब्न बाँकी छ ।’

हिजोआज त्यस्तो समय छैन । अत्याधुनिक घडी निर्माण भइसकेका छन् । भइरहेका छन् । केही समयअघि एप्पल कम्पनीले निर्माण गरेको घडीले समयमात्रै होइन, ल्यापटपको पनि काम गर्छ । त्यसैले यस घडीलाई नाडी–कम्प्युटर भन्ने गरिन्छ ।

यो घडी प्रयोग गरेर कसैलाई म्यासेज पठाउन सकिन्छ । दिशा पत्ता लगाउन सकिन्छ । शारीरिक तन्दुरुस्ती कायम गर्न मद्दत गर्छ । कसैलाई भुक्तानी गर्नु अथवा बिजुलीको बिल तिर्नसमेत घडीबाटै सम्भव बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्