हलेसीको महिना दिनको भेटी ३ लाख



हलेसी (खोटाङ) । दर्शनार्थीले हलेसीमा महिना दिन चढाएको भेटी गणना ३ लाख २६ हजार ४०० पुगेको छ । २०७७ पुस ८ गतेदेखि ०७७ माघ ०८ गतेसम्मको भेटी गणना गर्दा ३ लाख बढी भएको हलेसी सूचना केन्द्र प्रमुख सयन्द्र राईले जानकारी गराए ।

हलेसी सूचना केन्द्र प्रमुख राईका अनुसार शिव–पार्वतीथानको भेटी २ लाख ५४ हजार ४५० र हलेसी गुफाको प्राङ्गणमा रहेको दानपेटिकाको भेटी ७१ हजार ९५० रुपैयाँ रहेको थियो । दुवै ठाउँको भेटी गणना गर्दा ३ लाख २६ हजार ४०० भएको हो । हलेसी सूचना केन्द्रले महिना दिनको भेटी गणना गरी सूचना टाँसेर सबैमा जानकारी गराएको छ ।

यसैगरी, दर्शनार्थीले हलेसीमाा ५ हजार ७६० भारतीय रुपैयाँ, २ रुपैयाँ अमेरिकी डलर चढाएका थिए ।

दर्शनार्थी ७३.२२० ग्राम चाँदी र १.३१० ग्राम सुन चढाएका थिए । त्रियुगा नगरपालिका–६ जलजलेनिवासी प्रभा राईले चिताएको पूरा भएको भन्दै १ तोला ४ लालको सुनको सिक्री चढाएकी थिइन् ।

गणना गरिएको रकम श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको नाममा माछापुच्छ«े बैंक हलेसी शाखामा जम्मा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्