नर्सिङ पेसा स्थापित गर्न ‘लेडी विथ द ल्याम्प’ आजीवन अविवाहित



फ्लोरेन्स नाइटिङ्गेल हामीले सुनेकै नाम हो । सन् १८२० मे १२ मा इटलीको फ्लोरेन्स सहरमा उनी जन्मेका थिए । जतिबेला उनी पढ्दै थिइन्, त्यतिबेला नर्सिङ पेसालाई अवहेलना गरिन्थ्यो । ‘छि बिरामीलाई स्याहार्ने’ भनेर मानिस घृणा गर्थे । तर, नर्सिङ पेसालाई अहिले निकै सम्मानित ठानिन्छ । नर्सिङलाई सम्मानित बनाउन उनले आफ्नो जीवनमा ज्यादै ठूला जोखिम मोलेकी थिइन्, जसकारणले आफ्नो आँखाको ज्योति नै गुमाउनुपरेको थियो । उनले नर्सिङ पेसालाई स्थापित गरिछाडिन् । नर्ससम्बन्धी ‘कोर्स’ तयार पारेर तालिम व्यवस्था गरिन् ।

नाइटिङ्गेलले जादुगरी रूपमा बिरामीलाई स्याहारसुसार गर्थिन् । यतिसम्म कि उनको बोलीव्यवहारबाटै कतिपय बिरामी निको भएर घर फर्कन्थे । उनलाई ‘लेडी विथ द ल्याम्प’को उपनामले पनि चिनिन्छ । बेलायत सरकारले उनलाई ‘अर्डर अफ द मेरिट’को उपाधिले सम्मान गरेका थिए । यो उपाधिबाट सम्मानित हुने उनी पहिलो महिला पनि हुन् । इटली सरकारले उनी जन्मेको सहरलाई फ्लोरेन्स सहर नामकरण गरे । नर्सिङ पेसालाई मर्यादित बनाउनमा फ्लोरेन्सको अथाह योगदान छ । उनी यस्ता महान् आदर्श व्यक्ति बन्दाका घटना निकै घतलाग्दो छ ।

एक दिन नाइटिङ्गेल बाटामा हिँडिरहेकी थिइन् । उनले एउटा सिकिस्त बिरामी कुकुर देखे । पीडाले कुकुर निकै छटपटाइरहेका थिए । उनलाई कुकुरप्रति दया जाग्यो । उनले ‘औषधि गरेर निको पार्न पाए यो कति खुसी हुन्थ्यो’ मनमनै सोचिन् । नभन्दै त्यो कुकुरलाई आफ्नै घरमा ल्याए । आफूले जानेजति औषधि गरिन् । अन्त्यमा कुकुर निको भयो । उपचार पाएपछिको कुकुरको अवस्था ज्यादै आनन्दको देखिन्थ्यो । आफ्नो उपचार सफल भएको र कुकुरलाई नयाँ जीवन दिन पाएकोमा उनी पनि आनन्दित थिइन् । यही आनन्दले फ्लोरेन्स नाइटिङ्गेललाई प्राणीहरूको उपचारमा रमाउने प्रेरणा मिल्यो । त्यहीदेखि उनी नर्सिङ पेसाका लागि आजीवन अविवाहित भएरै दत्तचित्तले लागिपरिन् ।

सन् १९१० अगस्टमा ९० वर्षको उमेरमा उनको निधन भएको थियो । उनको निधनको खबरले अस्पतालमा रहेका हजारौं बिरामी डाँको छोडेर रोएका थिए । त्यतिमात्र होइन, उनका उपचार पाएर फर्केका मात्र होइन, अन्य लाखौं मानिस रोएका थिए ।

प्रतिक्रिया दिनुहोस्