वराहपोखरीतिर बरालिँदा



वराहपोखरी । पोखरीमा पाइने रातो र सेतो प्रजातिका माछा लोप हुँदै छन् । माछाको चोरीसिकार र जलचरले नष्ट पार्न थालेपछि नौलोखालका माछा लोप हुँदै गएको स्थानीयको भनाइ छ ।

स्थानीय भन्छन्, ‘माछा संरक्षण आवश्यक छ ।’

संरक्षण अभावमा पोखरी खण्डहर बन्दै गएको छ । पहाडको फेदमा रहेकाले पहिरोले पुरिँदै जान थालेपछि पोखरी खण्डहर बन्दै गएको हो । सालिन्दा हरिबोधनी एकादशीमा दुई दिनसम्म मेला लाग्ने पोखरीमा दैनिक नुहाउनेहरू देखिन्छन् । यहाँ रहेको मन्दिरमा पूजाआजा गर्न आउने भक्तजन पातलो देखिन्छन् ।

पोखरी र गुठीको अस्तित्व बचाउन स्थानीय एकजुट भएनन् भने जग्गा अतिक्रमण बढ्दै गएर पोखरी नै खण्डहर बन्न समय लाग्दैन । स्थानीयलाई चेतना भया ।

प्रतिक्रिया दिनुहोस्