प्रधानमन्त्री सच्चिए दाहाल–नेपाल पार्टी एकताकै पक्षमा


नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल—नेपाल समूहका नेता योगेशकुमार भट्टराईले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताएका छन् । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुपर्ने उनको भनाइ छ ।

प्रेस संगठन नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा सो समूहका स्थायी कमिटी सदस्य भट्टराईले संविधानमा कहीँ कतै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्था नभएको दाबी गरे ।

मध्यावधि निर्वाचन मुलुकका लागि आवश्यक नभएको तर्क गर्दै पूर्वमन्त्री भट्टराईले प्रतिनिधिसभा विघटनको निर्णय सच्चिनेमा आफूहरू विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्