७ लाखको त्रिशूल


हलेसी (खोटाङ) । खोटाङको हलेसीमा रहेको हलेसी गुफा प्रवेशद्वारनजिकै १ सय ३७ किलो तामाको त्रिशूल ठड्याइएको छ । शिवरात्रिको अवसर पारेर त्रिधार्मिकस्थल हलेसीमा सो त्रिशूल राखिएको हो ।

एपेक्स कन्सट्रसन कम्पनी प्राइभेट लिमिटेड काठमाडौंले शिवरात्रि मेलाको अवसर पारेर २०७६ फागुन १९ गते त्रिशूल राखेको हो ।

हलेसी गुफा प्रवेश द्वारनजिकै ठड्याइएको त्रिशूल २५ फिट अग्लो रहेको छ । सो त्रिशूल बनाउन कालीगढलाई दुई महिना लागेको थियो ।

दुई महिना लगाएर निर्माणसम्पन्न त्रिशूल बनाउन सात लाख रुपैयाँ खर्च भएको कम्पनीका म्यानेजिङ डाइरेक्टर भरत कार्कीले बताए । कार्कीका अनुसार चार फिट गहिरो गाडिएको सो त्रिशूलको बाहिरी आवरण २१ फिट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्