घरभित्र कृत्रिम बादल



छेक्यो–छेक्यो देउराली डाँडा, हुस्सु र कुहिरोले
जहाँ गए पनि छाडेन मलाई मायाको धुइरोले ।

देउरालीडाँडामात्रै होइन, अब घरभित्रको कोठा पनि हुस्सु र कुहिरोले छेक्न सकिने प्रविधि आविष्कार भएको छ ।

डच कलाकार बर्नडाउट स्मिल्डेले यस्तो प्रविधि आविष्कार गरेका हुन् । उनले कोठाभित्रै कृत्रिम बादल निर्माण गर्ने प्रविधि विकास गरेका हुन् । यसका लागि उनले तापक्रम, आर्दता र प्रकाशको वैज्ञानिक संयोजन गरेका थिए ।

कलाकारले धूवाँ छाड्ने मेसिनले कोठाभित्र धुवाँ छरिदिन्छन् । धूवाँ तापक्रम, आर्दता र प्रकाशका कारण एकैछिनमा बादल बन्छ । तर, यो बादल जम्माजम्मी १० सेकेन्डमात्र रहन्छ । यो विज्ञान र कलाको उत्कृष्ट नमुना हो ।

प्रतिक्रिया दिनुहोस्