महेन्द्रोदय मावि भूतपूर्व विद्यार्थी मञ्च गठन



हलेसी (खोटाङ) । महेन्द्रोदय माध्यमिक विद्यालय हलेसीमा अध्ययन गरेका भूतपूर्व विद्यार्थी भेलाले २९ सदस्यीय भूतपूर्व विद्यार्थी मञ्च गठन गरेको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान जनप्रतिनिधि, विभिन्न दलसम्बद्ध नेता, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र विद्यालयसम्बद्ध शिक्षक–शिक्षिका र भूपू विद्यार्थीका भेलाले हलेसी तुवाचुङ नगरपालिकाका वरिष्ठ सहायक कम्प्युटर अपरेटर सयन्द्र राईको अध्यक्षतामा भूतपूर्व विद्यार्थी मञ्च गठन गरेको हो ।

 

गठित मञ्चले विद्यालयको सर्वोपरि हितका लागि काम गर्ने भूपू विद्यार्थी मञ्च अध्यक्ष सयन्द्र राईले प्रतिबद्धता जनाएका छन् ।

मञ्चका उपाध्यक्षमा पेसल बस्नेत र डेकिन्द्रकुमार राई, महासचिवमा सर्वधन बस्नेत, गावन राई (सचिव), खुवाचन्द्र राई (कोषाध्यक्ष) र सहसचिवमा राहेल राई चयन भएका छन् ।

यसैगरी, सदस्यमा नवीन चाम्लिङ, तारा राई, ईश्वरा राई, रञ्जना राई, सुविन्द्र गिरी, सन्जोग राई, लालसरा राई, हामस राई, प्रवेश राई, गणेश राई, नरेन्द्र राई, कृष्ण कार्की, रवीन चाम्लिङ, राजेश राई (धितुङ), सीताराम बस्नेत (मंगलटार), हीरामाया कार्की, यनुका राई, तमिला राई, एगिन्द्र राई, कोपिला विक, ममिता भुजेल र अर्जुन तिम्सिना रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्