३३ एसएसपीको सरुवा, को कहाँ ?


काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ ।

गृहमन्त्रीस्तरीय शुक्रबारको निर्णयअनुसार मंसिर ७ गतेदेखि लागू हुनेगरी एसएसपीको सरुवा गरिएको हो ।

निर्णयअनुसार प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध नियन्त्रण महाशाखाका एसएसपी अशोक सिंहलाई महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुखमा सरुवा गरिएको छ । उक्त स्थानमा परिसरका प्रमुख श्यामलाल ज्ञवालीलाई तानिएको छ ।

ललितपुरका प्रहरी प्रमुख टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालय कार्यविभाग कार्यमहाशाखा ल्याइएको छ ।

एसएसपी किरण बज्राचार्यलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रहरी प्रवक्ता कुवेर कडायतलाई प्रहरी युक्ति तालिम महाविद्यालय नवलपसारी सरुवा गरिएको छ । त्यहाँ कार्यरत वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ ।

प्रहरी प्रधान कार्यालय तालिम महाशाखाका जनक भट्टराईलाई महानगरीय ट्राफिक प्रहरी महाशाखामा सरुवा गरिएको छ भने महाशाखा प्रमुख भीमप्रसाद ढकाललाई प्रहरी प्रधान कार्यालय सामुदायिक प्रहरी महाशाखामा पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्