‘गर्लफ्रेन्ड’ आकर्षित गर्न रङ बदल्ने भ्यागुता


भ्यागुता संसारभरि पाइन्छ । यसको उत्पत्ति २ करोड ६५ वर्षअघि भएको मलिकुलर कल्क डेटिङमा उल्लेख छ । रूप, रङमात्रै होइन, यसको आकार–प्रकारसमेत फरक–फरक हुन्छ । त्यसमध्ये सिर्के पाहा गर्लफ्रेन्डलाई आकर्षित गर्न आफ्नो असली हुलियो खैरोबाट पहेंलो रङमा बदलिन्छ।

संसारभरि ६ हजार ३ सयभन्दा बढी प्रजातिका भ्यागुता पाइन्छन् । रूद्रयामल तन्त्रअनुसार घन्टाकर्ण राक्षसलाई सानो भ्यागुतोले मारेर बहादुरी देखाएका थिए । त्यसपछि भ्यागुतालाई पूजा गरी भोज ख्वाउने गरिएको हो । लामो समय खडेरी पर्यो भने भ्यागुता बिहे गराउने चलन छँदै छ ।

 

प्रतिक्रिया दिनुहोस्