आइतबार बोलाइएको नेकपा बैठक साउन ६ गते


काठमाडौं । आइतबारका लागि तोकिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आगामी साउन ६ गते बिहान ११ बजेसम्मका लागि सरेको छ ।

दलको आन्तरिक विषयमा सचिवालय र शीर्षनेताहरू छलफलमा रहेकाले बैठक सर्दै आएको छ ।

नेकपा केन्द्रीय कार्यालयले आइबार विज्ञप्ति जारी गर्दै बैठक मंगलबार सरेको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्