
बाम्राङ (खोटाङ) । औंठीले टीभी र मोबाइल चलाउन सकिन्छ र ? तर, सम्भव हुँदोरहेछ । अब टीभी चलाउन रिमोट कन्ट्रोलर आवश्यक नपर्ने भएको छ ।
मोबाइलबाट म्यासेज पठाउन औंलाले थिचिरहनु नपर्ने भएको सुन्दा तपाईंलाई अचम्म लाग्यो होला । अब अचम्म मान्नै पर्दैन । अनि बिजुलीबत्ती बाल्न स्वीच थिचिरहनु नपर्ने भएको छ ।

उल्लिखित सबै काम तपाईंले लगाउनुभएको औंलामा लगाइने औंठीले गर्ने भएको छ । हातको चोर औंलामा औंठी लगाएपछि औंला चलाएको भरमा टीभी खोल्न र बन्द गर्न सकिन्छ । औंला चलाएको भरमा म्यासेज पठाउनका लागि अक्षर टाइप गर्न सकिन्छ । बत्ती बाल्न स्वीच देखाएर औंलाले थिचेजस्तो गर्दा बत्ती बाल्न र निभाउन सकिन्छ ।
लोगबार इन्क कम्पनीले उत्पादन गरेको यो औंठी जादुको औंठीभन्दा कम छैन । तपाईंले पनि यो औंठी लगाएर सदुपयोग गर्ने हो कि ?



