पिताको सम्मान र सम्झनामा अक्षयकोष



मोरङ । जिल्लाको पथरीशनिश्चरेमा रहेको एक विद्यालयमा अध्ययरत विधार्थीलाई अध्ययन सहजका लागि अक्षयकोष स्थापना गरिएको छ ।

जनता माध्यमिक विद्यालयका पूर्वविद्यार्थी इन्दिरा काफ्ले, अर्जुन काफ्ले र वासु काफ्लेले आफ्ना पिता रोमानन्द काफ्लेको को सम्मान र सम्झनामा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

पूर्वविद्यार्थीले जनता माविमा आयोजित एक कार्यक्रममा अक्षयकोष स्थापनार्थ ५० हजार रुपैयाँको चेक प्रधानाध्यापक पदम सापकोटालाई हस्तान्तरण गरेका थिए ।

अक्षयकोषको रकम सालिन्दा थप्दै लैजाने अक्षयकोषदाता अर्जुन काफ्लेले जानकारी दिए । अक्षयकोषदाता काफ्ले पत्रकार पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्