हलेसीको समृद्धिका लागि राजनीतिक नेतृत्व बलियो हुनुपर्ने



हलेसी (खोटाङ) । नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य शेरधन राईले हलेसीलाई प्रसिद्ध र पवित्र धार्मिक पर्यटकीय स्थल बनाउन राजनीतिक नेतृत्व नै बलियो हुनुपर्ने दाबी गरेका छन् ।

हलेसी महादेवस्थान विकास समितिले गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै एमाले कोसी प्रदेश इन्चार्जसमेत रहेका राईले समग्र हलेसीको अर्थपूर्ण संरक्षण, प्रवद्र्धन गर्न राजनीतिक नेतृत्व बलशाली हुनुपर्ने जिकिर गरेका हुन् ।

‘हलेसी, हलेसी तुवाचुङ नगरपालिका, खोटाङ र कोसी प्रदेशको मात्रै नभएर सिंगो मुलुकको पवित्र धार्मिक स्थल हो,’ कोसी प्रदेश संस्थापक पूर्वमुख्यमन्त्रीसमेत रहेका उनको भनाइ छ, ‘हलेसी तुवाचुङ नगरपालिका, खोटाङ, कोसी प्रदेश र संघसमेतको सहकार्यमा हलेसीको समृद्धि सम्भव छ ।’

‘हलेसीको समृद्धिका लागि आफूले विगतमा योगदान पुर्याएको छु,’ उनले थपे, ‘आगतमा समेत हलेसीलाई सधैं प्राथमिकतामा राखेर योगदान गर्न तत्पर छु ।’

हलेसी महादेवस्थान विकास समिति अध्यक्ष डिल्ली चाम्लिङले एमाले स्थायी कमिटी सदस्य शेरशन राई, एमाले कोसी प्रदेश सदस्यद्वय राजन ढकाल, प्रभातविक्रम कटवाल, एमाले जिल्ला कमिटी सचिव सुरेन्द्र राईलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्