अभूतपूर्व माओवादी


माओवादी आन्दोलन यतिखेर कैफियत जनाउन नसकेर दिग्भ्रमित त भएकै छ । यस्तैमा रत्नकुमार राई ‘दर्शन किराती’सँग खोटाङ हलेसीको मूलगेटमै जम्काभेट भयो ।

माओवादी आन्दोलन उत्कर्षमा पुगेको बेला किराती खोटाङका जनसरकार प्रमुख हुन् । यतिखेर उनी माओवादीका बग्रेल्ती चौतारीमध्ये कुनै कुनामा पनि ओत लागेका छैनन् । माओवादी मुख्य धाराका भन्न रुचाउने सबैको हलेसी जाँदा ओत लाग्ने ठाउँचाहिँ अझै पनि किराती निवासै हो ।

आधा दर्जन माओवादी पसलेहरू आउँदा जाँदा किरातीको चौतारीमा आफ्नो वैचारिक माल अब्बल रहेको भन्न छुटाउँदैनन् । तर, यी अभूतपूर्व (किरातीलाई भूतपूर्व माओवादी भन्न नमिल्ने तर कुनै पनि माओवादी पार्टीमा नभएकाले अभूतपूर्व भनिएको हो) माओवादी अझै माक्र्सवादीशास्त्रमा भएको समाजवादको खोजीमा छन् ।

मैले समाजवादबारे गोरख पाण्डेद्वारा लिखित कविताका केही पंक्ति सुनाउँदै कुराकानीको बिट मारें ।

प्रतिक्रिया दिनुहोस्