
काठमाडौं । अखिल नेपाल लेखक संघ केन्द्रीय समितिद्वारा आयोजित बातलाबा कार्यक्रमको २२औं शृंखला काठमाडौंको पद्मोदय माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । ‘कला साहित्यमा निरन्तर बहस’ भन्ने उद्घोषसाथ सम्पन्न २२औं शृंखलामा ‘स्रष्टापरक अध्ययन, लेखकको मृत्यु र उत्तरआधुनिकता’ विषयक बहस तथा कविता वाचन गरिएको थियो ।
अखिल नेपाल लेखक संघ अध्यक्ष डा. धनप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अतिथिमा अखिल नेपाल लेखक संघ सल्लाहकार प्रा. डा. राजनप्रसाद पोखरेल, जनसांस्कृतिक महासंघ, नेपाल केन्द्रीय सदस्य तेजविलाश अधिकारी, अखिल नेपाल लेखक संघ उपाध्यक्ष तथा बातलाबा विभाग संयोजक स्वप्निल स्मृति रहेका थिए ।
यसैगरी, अखिल नेपाल लेखक संघ सचिवद्वय डा. कौशिला रिसाल र जित अधिकारी, साहित्यकार पोषराज पौडेल, केशरी अम्गाई, अखिल नेपाल लेखक संघ कोषाध्यक्ष प्रकाश तिवारी, अखिल नेपाल लेखक संघ केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश कमिटी अध्यक्ष अगिव बनेपाली, शिक्षासेवी भोला ढकाल, दुर्गानारायण ढकालले समेत अतितिको भूमिका निर्वाह गरे ।
प्रगतिशील लेखक संघ, नेपालका अध्यक्ष डा. मधुसूदन गिरीले ‘स्रष्टापरक अध्ययन, लेखकको मृत्यु र उत्तरआधुनिकता’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने सहप्राध्यापक भीम रेग्मीले कार्यपत्रमाथि टिप्पणीसहित पूरक धारणा राखे ।
कार्यक्रममा अखिल नेपाल लेखक संघ केन्द्रीय सदस्य सन्तोष सिम्खडाको सञ्चालनमा सम्पन्न कार्यक्रममा कविहरू शेखर अर्याल, सुशीला शर्मा, डिल्लीराम राई (नाकारा), दुर्लभ काइँला, सुमन पुडासैनीलगायतले कविता वाचन गरेबम थिए । वाचित कवितामाथि कवि प्रगति राईले समीक्षा गरेकी थिइन् ।
बातलाबाको कार्यक्रममा लेखक तथा समालोचक डा. अम्बिका अर्याल, लेखक तथा उपप्राध्यापक जीवन जीवन्त, पत्रकार धनबहादुर मगर, कवि मिसन अधिकारी, सञ्चारकर्मी विक्रम चेतनशील राई, लेखक तथा साहित्यकार पुरुषोत्तम रिजाल, सोनाम सज्जन किराती, दीप कुलुङ, संवाद बस्नेत लगायतको उपस्थिति रहेको थियोे ।



