मोबाइलमै राखेर फोटो खिच्न मिल्ने क्यामेरा



दुर्छिम (खोटाङ) । एकताका फोटो खिच्न सहर, बजार र सदरमुकामसम्म धाउनुपथ्र्यो । त्यसताका फोटो खिच्न रिल प्रयोग गरिन्थ्यो । क्यामेराम्यानले फोटो खिचेपछि रिल निकालेर अँध्यारोमा धुलाएर सुकाउँथ्यो । त्यसको भोलिपल्टमात्रै फोटो लिन पाइन्थ्यो ।

समयक्रममा डिजिटलले रिलवाला क्यामेरा विस्थापित गर्यो । हुँदाहुँदा अब त डिजिटल क्यामेरालाई नै मोबाइल फोनले विस्थापित गर्दै लगेको छ । मोबाइलमा जडान गरिएको सानो लेन्सवाला होइन, अब क्यामेराकै जस्तो ठूलो लेन्स जोडेर फोटो खिच्न मिल्ने भएको छ ।

सोनी कम्पनीले त्यस्तो लेन्स निर्माण गरेको हो । सोनीको डीएससी–क्युएक्स–१०० नामक लेन्स मोबाइल फोनको पछाडिपट्टि जोडेर ठूलो क्यामेराले झैं फोटो खिच्न सकिन्छ । आइफोन र एन्ड्रोइड फोनमा यो लेन्स जोडेर प्रयोग गर्न सकिन्छ ।

फोटो खिचेपछि निकालेर राख्न सकिन्छ । यसमा सोनीको प्ले मेमोयर मोबाइल एप्स प्रयोग गर्ने हो भने यो लेन्सले मसिनो कुरा र टाढाको रमितासमेत सजिलै हेर्न सकिन्छ । यो लेन्स गोजीमा राख्न अलि गाह्रो हुन्छ । तर, झोलामा राख्नचाहिँ साह्रै सानो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्