वाम्बुले राई भाषाका तीन कृति सार्वजनिक


ओखलढुंगा । वाम्बुले राई भाषाका तीन कृति सार्वजनिक भएको छ । किरात वाम्बुले राई समुदायको महान् चाड ढ्वाङ्कुमोका अवसरमा अविनाथ राईद्वारा अनुवादित ‘डेभिड कप्परफिल्ड’, गगनबहादुर राईको ‘डोरुम’ र प्रकाशहरि क्याम्पा राईको ‘पाङ्माखा’ सार्वजनिक गरिएको हो ।

लिब्जु उपो कुलपुजारी भक्तबहादुर राई, अमलाल राई, आइकाजी राई र वरदान राईले तीन कृति सार्वजनिक गरेका हुन् ।

वाम्बुले साहित्यिक त्रैमासिक लिब्जु भुम्जुले प्रकाशन गरेको उल्लिखित कृति मानेभन्ज्याङ गाउँपालिका–३, वामद्याल ढ्वाङ्कुमटार ओखलढुंगामा लोकार्पण गरिएको लिब्जु भुम्जु त्रैमासिकका प्रधानसम्पादक गणेश वाम्बुले राईले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्