यलम्बर–गस्ती पुरुष फुटसल प्रतियोगिता हुँदै



काठमाडौं । किरात राई विद्यार्थी संघ केन्द्रीय समितिको २७ औं वार्षिकोत्सवका अवसरमा पहिलो यलम्बर–गस्ती पुरुष फुटसल प्रतियोगिता हुने भएको छ । आगामी भदौ १७ गते काठमाडौंको बूढानीलकण्ठ–१३ मा रहेको रिभर साइड स्पोट्र्स सेन्टरमा प्रतियोगिता हुने किरात राई विद्यार्थी संघ केन्द्रीय उपाध्यक्ष अञ्जिलहाङ किरातीले जानकारी गराए ।

प्रतियोगिता आधिकारिक ५–ए–साइड ढाँचामा खेलाइने छ । प्रत्येक टिममा कम्तीमा पाँचजना राई समुदायका खेलाडी अनिवार्य हुने व्यवस्था गरिएको छ । बाँकी अतिरिक्त खेलाडी रहनेछन् ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले भदौ १३ गतेभित्र दर्ता गराइसक्नुपर्ने छ । प्रतिटिम २ हजार ७०० दर्ता शुल्क तोकिएको छ ।

प्रतियोगिता विजेता टोलीले २७ हजार, उपविजेताले १७ हजार, तेस्रो हुनेले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार पाउनेछन् ।

‘एकता र खेल भावना’ भन्ने नारासहित आयोजना गरिन लागेको प्रतियोगिताले खेलकुदमार्फत सांस्कृतिक पहिचानलाई सम्मान गर्ने र समुदायबीचको आपसी सम्बन्ध र भाइचारा थप सुदृढ गर्ने लक्ष्य लिइएको उपाध्यक्ष किरातीले सुनाए ।

प्रतियोगितासम्बन्धी थप जानकारीका लागि ९८४१०१७८८०, ९८४०१४६११६, ९८४३७६०९९१ वा ९८६१६११५१५ मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्