
दुर्छिम (खोटाङ) । आयन्द्रविक्रम लिम्बूको अध्यक्षतामा ९१ सदस्यीय योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल १ नम्बर प्रदेश समिति चयन गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल), नेपाल १ नम्बर प्रदेश समितिको पहिलो प्रदेश सम्मेलनले समितिको उपाध्यक्षमा दिलविक्रम लिम्बू र टाइसन केरुङ थेगिम, सचिवमा शुभलाल राई ‘आदेश’, सहसचिवमा ईश्वर पोखरेल, दिलिप जगेबू, उषा परियार, जनक ल्वागुन, रोहितकुमार आङ्बो र टेकबहादुर रसाइलीलाई चयन भएका हुन् ।
यसैगरी, युवराज राईले कोषाध्यक्षको भूमिका पाएका छन् ।
समितिसम्बद्ध नवनिर्वाचित पदाधिकारी तथा सदस्यले संगठनलाई सशक्त एवम् सुदृढ बनाउने र राजनीतिक आन्दोलनलाई युवाको नेतृत्वमा अघि बढाउने विश्वास गरिएको छ । उद्देश्यका साथ नयाँ कार्यसमिति चयन गरेको छ ।
‘युवालाई उत्पादन, चेतना र संगठनमा केन्द्रित गराइनेछ,’ अध्यक्ष लिम्बूले संक्षिप्त प्रतिक्रिया दिए, ‘संगठन सुदृढीकरण, युवाको सशक्तीकरण तथा जनतासँगको बलियो सम्बन्ध स्थापित गर्ने प्रयास गर्नेछौं ।’



