किरात राई यायोक्खा कतार अध्यक्षमा जीवन



दोहा (कतार) । किरात राई यायोक्खा कतार अध्यक्षमा जीवन राई निर्विरोध निर्वाचित भएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थान, काभ्रे खोटाङनिवासी राईलाई किरात राई यायोक्खा कतारको नवौं अधिवेशनले निर्विरोध निर्वाचित गरेको हो । यसअघि कोषाध्यक्ष रहेका उनले त्यसअघि सदस्यको भूमिका कुशलतापूर्वक निर्वाह गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष राईले किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिसँग समन्वय गरेर किरात राई यायोक्खा कतारको गरिमालाई थप उचाइमा पुर्याउने प्रतिबद्धता जनाए ।

‘केन्द्रीय समितिले उठाएको सबै मुद्दामा ऐक्यबद्धता जनाउँदै सबै किसिमको सहयोग र भूमिका निर्वाह गर्न किराया कतार तत्पर रहन्छ,’ उनको भनाइ थियो, ‘प्रवासमा रहेर हामीले खेल्ने भूमिकालाई अर्थपूर्ण बनाउनेछौं ।’

किरात राई यायोक्खा शाखा वरिष्ठ उपाध्यक्षमा राजकुमार राई, प्रेमबहादुर राई (प्रथम उपाध्यक्ष), गंगा राई (द्वितीय उपाधयक्ष, महिला), लक्ष्मीप्रसाद राई (महासचिव), शुक्रकुमार राई (सचिव), नरबहादुर राई (कोषाध्यक्ष) र आशा राई सहकोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरी, धर्मराज राई (सांस्कृतिक संयोजक) र प्रेमकला राई (महिला संयोजक) रहेका छन् ।

ग्रान्ड मल प्लाजा कतारमा रहेको वेलफेर रेष्टुरेन्टमा सम्पन्न अधिवेशनले सदस्यमा विज्ञान राई, लीला राई, अनिल राई, विश्वकला राई, मनु राई, युकेश राई, सुमन राई, वनिता राई रहेका छन् । प्रतिमा राई, सपना राई, दलकुमारी राई, आशंका राई, विश्वजंग राई, मनकुमार राई, विक्रम राई ‘ए’ र विक्रम राई ‘बी’ सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।

‘भाषा, लिपि, धर्म र संस्कृति हाम्रो पहिचान, सम्पूर्ण किरात राईहरूको एकता हाम्रो अभियान’ भन्ने मूल मन्त्रसहित किरात राई यायोक्खा कतार स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्