
खोटाङ । खेल खेल्दा अत्यधिक पसिना निस्कनु स्वाभाविकै हो । दिनमा एकपटक पसिना आउनेगरी खेल्नु अथवा अभ्यास गर्नु स्वास्थ्यका लागि धेरै राम्रो मानिन्छ ।
खेलकुद प्रतियोगितामा सहभागी हुँदा अत्यधिक पसिना आउँछ । त्यसैले अत्यधिक पसिना नआउनेखालको कपडा निर्माण भएको छ । नाइक कम्पनीले निर्माण गरेको खेलाडीले लगाउने यो कपडालाई ‘प्रो हिजाब’ नाम दिइएको छ ।
संयुक्त अरब इमिरेट्सका भारोत्तोलन खेलाडी अम्ना अल हद्दासँग सन् २०१६ मा नाइक कम्पनीले भेटघाट गर्नेक्रममा यस्तो कपडा अवधारणा विकास भएको हो ।
‘प्रो हिजाब’ हलुका छ । हलुकामात्र भएकाले पसिना कम आउने होइन । खास कारणचाहिँ हो– प्रो हिजाब यस्तो धागोबाट बनाइएको छ कि यो कपडा लगाएर मानिसले श्वासप्रश्वास गरेझैं हावा कपडाबाट छिर्छ र बाहिर निस्कन्छ, जसले गर्दा पसिना कम आउँछ ।



