हलेसी तुवाचुङ काठमाडौं सम्पर्क मञ्च अध्यक्षमा राई



काठमाडौं । नेकपा एमाले हलेसी तुवाचुङ काठमाडौं सम्पर्क मञ्च अध्यक्षमा रमेश राई निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष राईले हलेसी तुवाचुङ नगरपालिकाबाट काठमाडौंमा आई बसोवास गर्नेहरूलाई संगठित गर्न मञ्च स्थापना गरिएको बताए ।

२६ सदस्यीय मञ्चको उपाध्यक्षद्वयमा कृष्ण कृति राई र सम्झना भुजेल रहेका छन् ।

यसैगरी, सुदीप खत्री (सचिव), सुनील राई, अनिष कार्की (उपसचिव) र कोषाध्यक्षमा खिला राई निर्वाचित भएका छन् ।

नेकपा एमाले हलेसी तुवाचुङ काठमाडौं सम्पर्क मञ्च अध्यक्ष रमेश राई

नेकपा एमाले हलेसी तुवाचुङ काठमाडौं सम्पर्क मञ्च सदस्यमा भक्तराज कार्की, पवन कार्की, दीपक कार्की, प्रदीप खत्री, गोपाल मगर, नरेन्द्र राई, थुविहाङ, सुजन रम्तेल रहेका छन् ।
त्यस्तै, खुविना राई, गुप्तबहादुर मगर, सुनीता बस्नेत, मविन राई, एलोन राई, खिलराज राई, निस्ता कार्की, पारस राई, निर्मला कार्की, भुवन कार्की र रुपाल मगर सदस्यमा निर्विरोध निर्वाचित भएको मञ्चका अध्यक्ष रमेश राईले जानकारी दिए ।

नेकपा एमाले हलेसी तुवाचुङ काठमाडौं सम्पर्क मञ्च सल्लाहकार परिषद्मा तिलक कार्की र मनोज दाहाल रहेका छन् ।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य उषाकला राई, केन्द्रीय सदस्य रमेश पौडेल, एमाले कोशी प्रदेश सदस्य भूपेन्द्रकुमार राई, एमाले खोटाङ अध्यक्ष राम दंगाल, एमाले हलेसी तुवाचुङ नगर कमिटी अध्यक्ष डिल्ली चाम्लिङलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्