आध्यात्मिक गुरु राईद्वारा शिक्षकलाई ९ महिनाको तलब उपलब्ध


दुर्छिम (खोटाङ) । आध्यात्मिक गुरु नयनकुमार राईले राटमाटे आधारभूत विद्यालयका एक शिक्षकलाई नौ महिनाका तलब उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

आध्यात्मिक गुरु राईले राटमाटे आधारभूत विद्यालयमा अध्यापनरत शिक्षिका कला राईलाई नौ महिनाका तलब उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।

‘अहिलेलाई नौ महिनाका लागि प्रतिबद्धता व्यक्त गरेको हुँ,’ उनले टेलिफोनमा भने, ‘तर, वर्ष दिनका लागि तलब व्यवस्था गर्नेछु ।’

सोही विद्यालयमा पाँच कक्षासम्म पढेका आध्यात्मिक गुरु नयनकुमार राईले विद्यालयको वास्तविकता हेरेर एक शिक्षकलाई तलब उपलब्ध गराउन लालायित भएको सुनाए । राईले सोही विद्यालयमा पाँच कक्षासम्म अध्ययन गरेका थिए ।

शैक्षिक सुधारका लागि राटमाटे आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजन राईले स्थानीय कला राईलाई नियुक्ति गरेको जानकारी गराए । अध्यक्ष राईका अनुसार शिक्षिका राईलाई मासिक ६ हजार तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्