खोलाले बगाएर एकै परिवारका ४ जनाको मृत्यु


डोटी । अछाम, नरहरिनाथस्थित उच्छवखोलाले बगाएर एकै परिवारका चारजनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार खोलाले बगाएर मृत्यु हुनेमा अछाम पञ्चदेवल विनायक नगरपालिका–९ बस्ने ३३ वर्षीया देवा बोहरा, उनकी १४ वर्षीया छोरी विपना बोहरा, एक वर्षीया छोरी आकृति बोहरा र सात वर्षीय छोरा हेमन्त बोहरा रहेका छन् ।

अछाम र कालीकोटको सीमाक्षेत्रमा पर्ने नरहरिनाथ खोला तर्नेक्रममा उनीहरूको बगेर मृत्यु भएको प्रहरीले जनाएको छ । लगातारको वर्षात्का कारण खोलामा बाढी आएको र तर्नेक्रममा उनीहरूको बगेर मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्