सचिव राईद्वारा बसाहा गुफामा १५ मिनेट ध्यान



हलेसी (खोटाङ) । उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव सञ्जीव राईले हलेसीको बसाहा गुफा १५ मिनेट ध्यान गरेका थिए ।

विश्वव्यापी कोरोना महामारीलगत्तै हलेसी गुफा बन्द गरिएकाले १ नम्बर प्रदेश उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव राईले बसाहा गुफामा १५ मिनेट ध्यान गरेको नेकपा हलेसी तुवाचुङ नगरपालिका नगर कमिटी सचिवालय सदस्य सर्वधन बस्नेतले जानकारी गराए ।

१ नम्बर प्रदेश सरकार र हलेसी महादेवस्थान विकास समितिको साझेदारीमा निर्माणाधीन बसाहागुफा–रिठ्ठाबोटे पदमार्ग अनुगमनका लागि हलेसी आइपुगेका उनले बसाहा गुफामा ध्यान गरेका हुन् ।

ध्यान गरिसकेपछि सचिव राईले स्वर्गीय बुवा प्रतापसिंह राईको सम्झनामा हलेसीमा चढाइदिनका लागि भेटी छाडेका थिए । हलेसी गुफा खुलेपछि भेटी चढाइदिन भन्दै उनले १ हजार ११० रुपैयाँ छाडेको नेकपा हलेसी तुवाचुङ नगरपालिका नगर कमिटी सचिवालय सदस्य बस्नेतले बताए । उनका अनुसार सचिव राईले छाडेका भेटी हलेसी गुफा खुलेपछि चढाइनेछ ।

निर्माणाधीन बसाहागुफा–रिठ्ठाबोटे पदमार्ग अनुगमनका लागि सचिव राईसँगै वन निर्देशक रवीन्द्र महर्जनसहितको टोली हलेसी आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्