नयाँ वर्षबारे कसले के भने



काठमाडौं । नयाँ वर्ष २०७८ का ३६५ हाम्रा लागि सबथोक हुन् । यसलाई सदुपयोग गर्न सक्नु र जान्नुपर्छ ।

यो केवल नयाँ वर्षमात्रै होइन, सबैका लागि नयाँ अवसर हो ।
–मोहम्मद सेकोटी

नयाँ वर्षको दिन सबैको जन्मदिन हुन्छ ।
–चाल्र्स ल्याम्ब

नयाँ वर्षलाई खुसीले स्वागत गरौं । जीवनमा राम्रो गर्ने अर्को अवसरको आगमन हो ।
–ओप्रा विन्फ्रे

प्रत्येक नयाँ वर्षले तिमीलाई अघिल्लो वर्षको भन्दा राम्रो मानिसका रूपमा पाउनुपर्छ ।
–बेन्जामिन फ्य्राङ्कलिन

नयाँ वर्षको सुरुको दिन, तिम्रो जीवनको ३६५ पेजको किताबको पहिलो पेज हो, त्यसमा राम्रोसँग जीवनकथा लेख्नू ।
–ब्राड प्रिस्ले

आफ्नो हृदयमा यो लेख कि नयाँ वर्षका प्रत्येक दिन सबैभन्दा उत्तम हुन्छ ।
–राल्फ वाल्डो इमर्सन

नयाँ वर्षमा हामी सबैले सधैंझैं ३६५ दिन पाउँछौं । फरक यत्ति हो कि ती दिनलाई हामीले कसरी उपयोग गर्छौं ।
–हिलारी डिपियानो

यो वर्षको हरेक दिन राम्रो हुनेछ भनेर आफ्नै मनमा लेख ।
–राल्फ वाल्डो एमर्सन

हामी एउटा किताब पल्टाउनेछौं, त्यसका पेज खाली छन् । हामी स्वयम्ले त्यहाँ लेख्नुपर्नेछ । यसलाई अवसर भनिन्छ । यसको पहिलो एकाइ नयाँ वर्षको हुन्छ ।
–एडिस एल पियर्स

मलाई आशा छ, यो नयाँ वर्षमा पनि तिमीले गल्ती गर्नेछौ । गल्ती गर्नु भनेको तिमीले केही सिक्न खोज्नु, नयाँ काम गर्न खोज्नु हो । तिमीले अघि बढ्न खोज्नु र तिमीले परिवर्तनका लागि पाइला चाल्नु हो ।
–नील गाइमन

प्रतिक्रिया दिनुहोस्