काठमाडौं । मदन पुरस्कार विजेता साहित्यकार मुकारुङको संयोजकत्वमा आदिवासी जनजाति साहित्यकार महासंघ तदर्थ समिति गठन भएको छ । ३४ सदस्यीय तदर्थ समितिअन्तर्गत राज्य समिति र अन्तर्राष्ट्रिय समितिसमेत गठन गरिएको छ ।
आदिवासी जनजाति समुदायका भाषालाई जोडदार रूपमा लेखन गर्न तथा तिनका मौखिक साहित्यसमेतलाई लिखित गर्न, गराउन सम्बन्धित जाति, समुदायका स्रष्टालाई उत्प्रेरित गर्ने र सो कार्यमा अग्रसर हुन महासंघ गठन गरिएको संयोजक मुकारुङले उद्घोष गरेका छन् ।
‘आदिवासी जनजाति समुदायमा रहेका मौखिक परम्पराका दर्शनशास्त्रलाई मिहिन ढंगले बुझ्न, बहस गर्न र लिखित गर्न गर्नु त छँदै छ,’ उनले जिकिर गरे, ‘नेपाली भनिने गरिएको ‘खस पर्वते भाषा र साहित्य’लाई नेपाली हो भन्ने कथनविरुद्ध बहस गर्दै नेपालका सबै मातृभाषा तथा तिनका साहित्यलाई ‘नेपाली हो’ भन्ने मान्यता स्थापित गराउनु छ ।’
विविधतासहितको नेपाली सौन्दर्य शास्त्रको निर्माण गर्दै प्राथमिक तहदेखि विश्वविद्यालयसम्मै मातृभाषा तथा साहित्यको पाठ्यक्रम निर्माण गर्न राज्यलाई दबाब दिन महासंघ गठन गरिएको उनको भनाइ छ । उनले विश्वभर भएका, भइरहेका आदिवासी जनजाति अभियानसित घनीभूत बहस गर्दै पहिचानको आन्दोलनलाई एकीकृत बनाउन पहल गर्ने दाबी गरेका छन् ।
‘समग्र विश्व राजनीतिक अवस्थामा आज पनि अधिकांश आदिवासी जनजातिहरू आफ्नो हक, अधिकार र पहिचानका लागि आन्दोलनरत रहेको छँदै छन्,’ आदिवासी जनजाति साहित्यकार महासंघ तदर्थ समिति गठनलगत्तै संयोजक मुकारुङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मानवअधिकारको निम्नतम हकका लागि पनि आन्दोलन गर्नुपर्ने बाध्यता हाम्रो मुलुकमा त झनै भयावह छ । विकासका नाममा आदिवासीय सम्पदाहरू मास्ने काम राज्यकै अग्रसरतामा भइरहँदा झनै आन्दोलित हुनुपरेको छ ।’
माघ १ गते गठित आदिवासी जनजाति साहित्यकार महासंघ
संयोजक : राजन मुकारुङ
सहसंयोजक : सरस्वती प्रतीक्षा
सहसंयोजक : टंक सेलिङ
सचिव : बुद्ध योञ्जन लामा
आर्थिक संयोजक : उर्मिला गम्बा थारू
सदस्य : अञ्जना इछमफूल
सदस्य : अनन्त दुनुवार
सदस्य : उत्तम सुनुवार
सदस्य : कविराज तामाङ
सदस्य : कुन्साङ
सदस्य : कृष्ण मेचे
सदस्य : कृष्णराज सर्वहारी
सदस्य : गणेश कुमाल
सदस्य : गौरी तमू
सदस्य : चोमु शेर्पा खुशी
सदस्य : तेजेन्द्र ताजपुरिया
सदस्य : निशा रुम्बा
सदस्य : नेपोलियन चेपाङ
सदस्य : फुर्बाछिरिङ तङ्बे
सदस्य : बेचन उराव
सदस्य : भीम किसान
सदस्य : मङ्गलराम दराई
सदस्य : मेनुका छन्त्याल
सदस्य : रजनी मिला
सदस्य : रामगोपाल आसुतोष
सदस्य : लाक्पा तेन्जी शेर्पा
सदस्य : लालबहादुर भुजेल
सदस्य : डा. विष्णु सिँजाली
सदस्य : सन्त माझी
सदस्य : सरोजसिंह दुनुवार
सदस्य : डा. सोमबहादुर धिमाल
सदस्य : सीता तुम्खेवा
सदस्य : हेन्सेन याक्खा
सदस्य : हेमा आले
राज्य समिति
संयोजक : शोभा सुनुवार (कोइँच)
संयोजक : ईश्वर थोकर (ताम्सालिङ)
संयोजक : गनेशकुमार राई (किरात)
संयोजक : छम गुरुङ (तमुवान)
संयोजक : छविलाल कोपिला (थरुहट)
संयोजक : जीवन रोकामगर (मगरात)
संयोजक : मधु केरुङ (लिम्बुवान)
संयोजक : शाक्य सुरेन (नेवाः)
अन्तर्राष्ट्रिय समिति
संयोजक : अमित थेबे (बेलायत)
संयोजक : इन्दिरा चाम्लिङ (युरोप)
संयोजक : उदय पूर्वेली (मलेसिया)
संयोजक : केशर घलान (कुवेत)
संयोजक : चन्द्र गुरुङ (बहराइन)
संयोजक : जसकुमार राई (अमेरिका)
संयोजक : नरेश सुनुवार (हङकङ)
संयोजक : पराजित पोमू (दक्षिण कोरिया)
संयोजक : विमल राई (कतार)
संयोजक : योग राई (अस्ट्रेलिया)
संयोजक : विमन किराती (जापान)
संयोजक : सुमन सहयात्री (साउदी अरबिया)
संयोजक : सुरज राना (युएई)
संयोजक : सुशील पुन विरही (ओमान)