नेकपा सचिवालय बैठक १३ मंसिरमा


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबार बसेको सचिवालय बैठक आगामी मंसिर १३ गते पुनः बस्ने गरी सकिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले १० दिनपछि बैठक बस्ने गरी सकिएको जानकारी दिए ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैठकमा आफ्नातर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तय गरिएको छ ।

यसैगरी नेकपा स्थायी कमिटीको बैठक आगामी मंसिर १८ र केन्द्रीय कमिटीको बैठक मंसिर २५ गते बोलाउने बैठकले निर्णय गरेको छ । यसअघि गत कात्तिक २८ गतेको सचिवालय बैठकले बुधबारका लागि बैठक तोकेकामा अध्यक्षद्वयका व्यक्तिगत पत्राचार र आरोप–प्रत्यारोप पार्टी बैठकमा दस्तावेजका रूपमा वितरण गरिएपछि विवाद बढेको थियो ।

यसबीचमा अध्यक्ष एवम् प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना–आफ्नातर्फबाट विभिन्न नेतासँग परामर्श गरे पनि सहमतिको निकास ननिस्केकाले बैठक बस्ने नबस्ने अन्योल भएका बेला बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्