१ देखि ८ कक्षासम्मको स्थानीय पाठ्यक्रममा ‘तुवाचुङ’


तुवाचुङ (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले तुवाचुङलाई स्थानीय पाठ्यक्रममा राखेको सगर्व जानकारी गराइन् ।

तुवाचुङ जायजुम संरक्षण समितिले तुवाचुङमा गरेको साकेला सिली नाच उँभौलीलाई सम्बोधन गर्दै हलेसी तुवाचुङ नगरपालिकाकी मेयर राईले तुवाचुङलाई कक्षा १ देखि ८ सम्मका स्थानीय पाठ्यक्रममा राखी पठनपाठन सुरु गरिएको जानकारी गराएकी हुन् ।

आर्थिक वर्ष २०८०/०८१ का लागि खोटाङको हलेसीमा अत्यधिक बजेट पार्न अर्थपूर्ण भूमिका खेल्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, अर्थमन्त्री प्रकाशशरण महत, सहरी विकासमन्त्री सीता गुरुङलाई उनले विशेष धन्यवाद दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्