भेटियो ३५० केजीको गोही



अस्ट्रेलिया । अस्ट्रेलियाको लोकप्रिय पर्यटकीय उत्तरी क्षेत्रमा संरक्षणकर्मीले एउटा विशाल गोही फेलापारेका छन् । वन्यजन्तु अधिकारीहरूले १५ फिट लामो र ३५० केजी तौलको गोही फेलापारेको बताएका छन् ।

क्याथारिन वन्यजन्तु संरक्षण केन्द्रका वरिष्ठ वन्यजन्तु अधिकृत जोन बर्कले फ्लोरा नदीमा विशाल भाले गोही फेलापरेको जानकारी दिए । गोही यस क्षेत्रमा भेटिएको हालसम्मकै सबैभन्दा ठूलो भएको उनको दाबी छ ।

तीन वर्षअघि पनि यसै क्षेत्रमा १५.५ फिटको गोही फेलापरेको थियो । अस्ट्रेलियाले गोहीलाई संरक्षित जनावरको सूचीमा सन् १९७० मा सूचीकृत गरेयता उत्तरी क्षेत्रमा गोहीको संख्या बढ्दै गएको छ ।

पछिल्लोपटक समातिएको उक्त विशाल गोहीलाई प्रजनन केन्द्रमा लगिएको छ । अस्ट्रेलियामा फार्मका रूपमा गोहीपालन गरेर त्यसलाई मासु र छालाका लागि बिक्री गर्न पाउने कानुनी व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्