डिकुवा–बाहुनीडाँडा समाज अध्यक्षमा किराती



काठमाडौं ।  कवि तथा लेखक देवराज राई (सोनाम सज्जन किराती) को अध्यक्षतामा डिकुवा–बाहुनीडाँडा समाज स्थापना गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र २ नम्बर वडा डिकुवावासीबीच सहयोग तथा सद्भाव आदान–प्रदान गर्दै यहाँको विकास, कला, साहित्य, संगीत र भाषिक उन्नयनका निम्ति टेवा पुर्याउने अभिप्रायसले समाज स्थापना गरिएको अध्यक्ष किरातीले जानकारी गराए ।

समाजको उपाध्यक्षमा घनेन्द्र राई (बाहुनीडाँडा) र रोमिका राई (डिकुवा) छन् । सचिव टार्जन राई (बाहुनीडाँडा), सहसचिव कविन राई (बाहुनीडाँडा) र कोषाध्यक्षमा पविहाङ्मा राई (डिकुवा) रहेका छन् ।

१३ सदस्यीय समाजको सदस्यमा रूपाधन राई, सन्तोष राई, दर्पण राई (बाहुनीडाँडा), वासुदेव राई, अस्मिता बुढाथोकी खड्का, अस्मिता राई र सुजन परियार (डिकुवा) छन् ।

मिलन कान्छा किराती संरक्षक रहेको डिकुवा–बाहुनीडाँडा समाजका सल्लाहकार समितिमा समेन्द्र राई र उज्जिर राई (उदय) रहेका छन् । एक सल्लाहकार पछि थपिने समाजले जनाएको छ ।

समाजको पहिलो बैठकले विदेश विभाग प्रमुखमा उज्जिर राई (उदय) र कला, साहित्य, संस्कृति विभाग प्रमुखमा टार्जन राईलाई जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्