नेविसंघ केन्द्रीय सदस्यमा खोटाङबाट ११ जना मनोनीत



दुर्छिम (खोटाङ) । नेपाल विद्यार्थी संघ तदर्थ केन्द्रीय समिति सदस्यमा खोटाङबाट ११ जना मनोनीत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले साउन २२ गते ७७ जिल्लाका ७१० जनालाई तदर्थ केन्द्रीय समिति सदस्य मनोनीत गर्दा खोटाङका ११ जना मनोनीत भएका हुन् ।

मनोनीत ११ जना तदर्थ केन्द्रीय सदस्यमध्ये हलेसी तुवाचुङ नगरपालिकाबाट तीनजना परेका छन् । एउटै पालिकाबाट टकेन्द्र राई, राजकुमार बस्नेत र जेमसिंह राई तदर्थ केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् ।

टकेन्द्र राई महेन्द्र बहुमुखी क्याम्पस धरानको इकाइ पूर्वसभापति, नेविसंघ सुनसरी पूर्वसचिव हुन् । बस्नेत नेविसंघ खोटाङ सभापति हुन् भने जेमसिंह राई आरआर क्याम्पस नेविसंघ इकाइ सचिव छन् ।

यसैगरी, नेविसंघ तदर्थ केन्द्रीय समिति सदस्यमा नइन्द्र राई, विकल राई, प्रमोद राई, रुपन राई मनोनीत भएका छन् । त्यस्तै अनिता राई, इन्दिरा दाहाल, चन्द्र मगर र एलिन श्रेष्ठसमेत केन्द्रीय समिति सदस्यमा मनोनीत भएका हुन् ।

नेविसंघ तदर्थ केन्द्रीय समिति ७११ सदस्यीय बनेको छ । कांग्रेस सभापति देउवाले २०७८ चैतमा दुजाङ शेर्पालाई नेविसंघ अध्यक्ष बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्