नेता ओझालाई रास्वपा खोटाङ संगठन निर्माणको जिम्मेवारी



दुर्छिम (खोटाङ) । राष्ट्रिय स्वतन्त्र पार्टी कोसी प्रदेश समितिले युवा नेता रवीन्द्र ओझालाई खोटाङको संगठन निर्माणको जिम्मेवारी दिएको छ ।

रास्वपा प्रदेश समितिले नेता ओझालाई खोटाङमा भएका जिल्ला प्रदेश समिति, क्षेत्रीय समिति र तदर्थ नगर समितिसँग समन्वय गरी जिल्लाको संगठन निर्माण गर्ने जिम्मेवारी दिएको रास्वपा कोसी प्रदेश महामन्त्री लालविक्रम थापाले जानकारी गराए ।

रास्वपा खोटाङले साउन अन्तिम सातादेखि संगठन निर्माण व्यापक बनाउने कार्ययोजना तय गरेको छ । ‘असोजसम्ममा जिल्ला भेला गरिसक्ने योजना तय भएको छ,’ नेता ओझाको भनाइ छ, ‘जिल्ला भेलाले रास्वपा खोटाङ संयोजक र सहसंयोजक चयन गर्नेछ ।’

त्यसपछि पार्टी जिल्ला अधिवेशन गरिनेछ । जिल्ला अधिवेशनले पार्टी सभापति र उपसभापति निर्वाचित गर्ने नेता ओझाले सुनाए । सभापति र उपसभापति चयनपछि संयोजक र सहसंयोजक पद खारेज हुनेछ । जिल्ला पार्टीमा कोषाध्यक्ष पद नभए पनि पालिकामा भने रहने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्