हराएको सपना


कति मीठो गरी
बुनिदिएको थियोे
जवानीमा जालीरुमाल
निद्राले पनि उत्तिकै मिहिनेत गरेर
आनन्दको सपना खिप्यो
कम्ती सुन्दर थिएन

तर एकै झस्कामा व्युँझियो
र सपना हिउँ बनेर
पग्लँदै–पग्लँदै समुद्रमा विलीन भयो
म भने हराएको सपना खोजेर
व्यस्त छु

कतिखेर ऊ बादल भएर
मलाई नै भिजाउँछ
र, अनेकौं बीजहरू मेरै छातीमाथि उम्रनेछन्
र, मेरा सपना त्यही बिरुवामार्फत फल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्