‘ख’



मेरो एक इच्छा
खराबीभन्दा
मलाई खरानी मन पर्छ

किनकि
उज्यालो दिन
कम्तीमा जल्नलाई
हिम्मत चाहिन्छ
तसर्थ, मलाई खरानी मन पर्छ
खरानी मन पर्नेले
आगोसित डराउनुहुन्न

नचाहनेले खरानी
बारीको पाटामा फाल्छन्
जे–जे गरे पनि खरानी
खराबी बन्दैन
माटोमा मल बनेर बिरुवा रमाउँछ

यसर्थ मलाई
असाध्यै खरानी मन पर्छ ।

प्रतिक्रिया दिनुहोस्