जिन थेरापी २.० बाट गरिने उपचार वरदान



काठमाडौं । हाम्रो अनुहार जस्तो छ, त्यो हाम्रा पुर्खाको वंशाणु (जिन)ले निर्धारण गरेको हुन्छ । हाम्रा पुर्खामा कुनै विशेषखालको रोग थियो भने त्यो पनि जिनबाट सर्छ ।

पुर्खा बुद्धिमान थिए भने हामी पनि सामान्यतः बुद्धिमान निस्कन्छौं । वैज्ञानिक अनुसन्धानले यी कुराबाहेक पुर्खाको दिमागमा भएको कुरा पनि स्मरणका रूपमा सरेर आउँछ भन्ने देखाएको छ । यसरी पुर्खाको जिनबाट राम्रा र नराम्रो दुवै कुरा हाम्रो जिनमा पनि सर्छ । राम्रा कुरा आउँदा त राम्रो हुने भइगो, कतिपय गम्भीर प्रकृतिका वंशाणुगत रोग पनि सर्दाचाहिँ संकटमा परिन्छ ।

यस्ता वंशाणुगत रूपमा सर्ने रोगलाई पनि निर्मूल गर्न सकिने भएको छ । स्टानफोर्ड विश्वविद्यालयले यसमा अनुसन्धान गरिरहेको छ । केही सफलता हासिल गरेको छ । जन्मिँदै जिनमा जुन समस्या हुन्छ, त्यसलाई स्वस्थ जिनले प्रतिस्थापन गर्ने अर्थात् वंशाणुगत रूपमा आएका अस्वस्थ जिनको सट्टा स्वस्थ जिन प्रत्यारोपण गरेर पुर्खाबाट आएको अस्वस्थ जिन निर्मूल गर्न सकिन्छ ।

यसलाई वैज्ञानिकहरूले जिन थेरापी २.० नाम दिएका छन् । यस्तो थेरापी प्रयोग गरेर अल्जाइमर, डाइबिटिज, मुटु र क्यान्सरजस्ता गम्भीर रोगसमेत उपचार गर्न सकिने आशा वैज्ञानिकहरूको छ ।

प्रतिक्रिया दिनुहोस्